असार २८, २०८२ शनिबार July 12, 2025

सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको एमाले अध्यक्ष ओलीको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए ।

उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने ओलीको भनाई छ। अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नेपाली पहिचान खोज्न आवश्यक रहेको समेत बताएका छन् ।

जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा समेत ओलीले जोड दिएका छन्। अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको समेत बताएका छन् ।

अध्यक्ष ओलीले आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताएका छन्। उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए ।

साथै राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको ओलीको जिकिर छ। उनले नेकपा एमालेले काठमाडौँ महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिएका छन् ।

अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताएका छन्। देशमा हिंसा सिर्जना भएका कारण युवाहरू परिवार पाल्न विदेश जानुपरेको ओलीको भनाई छ ।

उनले यो क्रम माओवादी जनयुद्ध सुरु भएपछि युवाहरू विदेश पलायन भइरहेको बताए। उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको समेत बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया