असार २८, २०८२ शनिबार July 12, 2025

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष बास्कोटाले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएको थियो । उहाँ यसअघि २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार रहेकी थिईन् ।

विवेकशील साझा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै रिक्त संयोजक पदमा भने सञ्जिव वल्लभ भट्टराईलाई चयन गरेको जानकारी दिएको छ । विवेकशील साझाले मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिन निर्वाच्न आयोगमा पार्टी दर्ता गर्न आवश्यक तयारी थाल्ने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया