असार २८, २०८२ शनिबार July 12, 2025

राप्रपाको दाेस्राे चरणकाे आन्दोलन, किसानको समस्या समाधानका लागि कृषिमन्त्रीलाई ज्ञापनपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महंगी, भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले किसानको समस्या समाधानको पहल स्वरुपमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रमअनुसार राप्रपाको किसान संगठनले मंगलबार  कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनका अध्यक्ष राममणि न्यौपानेको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । केन्द्रमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहँदा देशभरका जिल्लाको कृषि ज्ञान केन्द्रमा जुलुस र  धर्ना कार्यक्रम भएको छ ।

गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे माग राखेको राप्रपाले आफ्ना माग पूरा गराउन १३–३१ असारसम्म पहिलो चरण र ११–३१ साउनसम्म दोश्रो चरणको आन्दोलन गरेको हो ।

दोस्रो चरणको आन्दोलन मंगलबार सकिँदै छ । तेस्रो चरणको आन्दोलनको मोडालिटीबारेमा चाँडै उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले टुंगो लगाउने सार्वजनिक गरिने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया