असार ३०, २०८२ सोमबार July 14, 2025

प्रमाणपत्र तह नर्सिङ तहमा भर्ना खुल्यो – भदौ ९ गतेसम्म आवेदन दिन पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमकालागि भर्ना खुला गरेको छ। परिषदले शैक्षिकसत्र २०७९/८० को पूर्ण शुल्कीय विद्यार्थी भर्नाकालागि आवेदन खुला गरेको हो ।

परिषदले एक बिज्ञापन प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका सिटिइभिटिबाट स्विकृत ३३ वटा कलेजलाई मात्र अध्यापनको अनुमति दिएकोमा विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सक्ने जनाएको छ ।

आयोगले भर्नाका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्युनतम सि ग्रेड प्राप्त गरी न्युनतम जिपिए २ प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

आयोगले निर्धारण गरेको कोटा अनुसार १,२४० जनाले पूर्ण शुल्कमा पढ्नुपर्ने छ भने ९१ जनाले निःशुल्क नर्सिङ पढ्न पाउने भएका छन् ।

इच्छुक योग्यता पुगेका विद्यार्थीहरुले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने प्रवेश परीक्षा भदौ १७ गते दिउँसो ३ बजेदेखी सञ्चालन हुने जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार