असार ३०, २०८२ सोमबार July 14, 2025

सार्वजनिक विद्यालयमा आकर्षण हुनेगरी काम गर्न शिक्षा मन्त्री पौडेलको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ।

बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभएकाे हाे ।

“स्थानीय तहसँग समन्वय गरेर कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्”, उहाँले भन्नुभयो, “विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ।”

उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेसी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत मन्त्री पौडेलले निर्देशन गर्नुभयो।

शिक्षक सेवा आयोगको नियामवली संशोधन प्रश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिए बमोजिम काम छिटो सम्पन्न गर्नुहुन् आग्रह गर्नुभयो। विद्यालय समायोजन लागतयका कामम सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार