काठमाण्डौंः नेपाली कांग्रेसले पूर्वएसएसपी विक्रमसिंह थापालाई लुम्बिनी प्रदेशसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
नेपाल प्रहरीमा लामो समय काम गरेर छुट्टै पहिचान बनाएका थापालाई नेपाली कांग्रेस संसदीय निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश क्षेत्रीय समिति बैठकले प्रदेशमा सिफारिस गरेको हो ।
करिब ३ वर्षअघि कांग्रेसमा प्रवेश गरेर राजनीति यात्रा प्रारम्भ गरेका थापा गुल्मीमा जन्मेपनि प्रहरी संगठन भित्र रहेर देशका विभिन्न कुनामा पुग्दै देशको सेवा गरेकै कारण जुनसुके निर्वाचन क्षेत्रबाट आफु उम्मेदवार बन्न सक्ने जितेर देखाउने बताउँदै आएका थिए ।
यद्यपी उनी हाल बसोबास गरिरहेको कपिलवस्तुको क्षेत्र नं. २ (क) प्रदेश क्षेत्रीय समितिले आफ्नो क्षेत्रको लागि योग्य ठान्दै नाम सिफारिस गरिएको स्थानीय कांग्रेस नेताहरु बताउँछन् । यसअघि उनी संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा थिए ।
त्यस्तै बैठकले संसदीय क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुरेन्द्रराज आचार्यको नाम सिफारिस गरेको छ । उनी कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्रीसमेत हुन् । प्रदेशमा समानुपातिकतर्फ मीना केसी र जवारलाल थारुको नाम सिफारिस गरिएको छ ।
प्रदेश क्षेत्रीय समितिले संसदीय क्षेत्रीय समितिलाई नाम सिफारिस गर्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया