असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस महामन्त्री थापाद्वारा काठमाडौं ४ बाट उम्मेदवार हुन आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुन आवेदन दिनुभएको छ ।

थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाण्डौं ४ बाट उम्मेदवार हुन आवेदन क्षेत्रीय समितिमा निवेदन दिनुभएको हो ।

उहाँले गएका दुई वटा निर्वाचनमा काठमाण्डौं ४ बाटै निर्वाचित हुनुभएको थियो । बुधबार नै महामन्त्री थापालाई कास्की १ बाट उम्मेदवार बनाउन शुभेच्छुक र समर्थकले आवेदन दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया