काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकीय स्थलको प्रचारप्रसारमा कमी रहेको बताउनुभएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज काठमाडौँमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष नेपालले पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १२ महिना पर्यटन भित्र्याउन पहल गर्ने योजना बनाइरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेकोले अब चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया