काठमाण्डौंः नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् ।
उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् । यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो ।
शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया