असार २८, २०८२ शनिबार July 12, 2025

पार्टीले टिकट दिनेमा विस्वस्त छु: उपसभामुख भुसाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गरेकी छन् । उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेकी भुसालले जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पारेकी हुन् ।

युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु नहुने भुसालले बताईन । ‘हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुदैन’, भुसालले भनिन ‘नयाले अवसर पाउनुपर्छ भन्दैगर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरुको अधिकार कुण्ठीत गरिनुहुदैन ।

टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख भुसालले टिकट पाउनेमा आफु विस्वस्त रहेको बताईन । ‘पार्टीले टिकट दिनेमा विस्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु ।’ भुसालले भनिन ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया