असार २८, २०८२ शनिबार July 12, 2025

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन् ।

मधेस प्रदेश गठन भएदेखि प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका उनी शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकारका लागि आवाज उठाइरहे । उनकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो ।

उनी महोत्तरीको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । चुनाव लड्नकै लागि झाले पटबाद राजीनामा दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया