काठमाण्डौंः नेपाली कांग्रेस ओखलढुंगाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूलाई सिफारिस गरेको छ ।
शनिबार बसेको ओखलढुंगा कांग्रेसको वृहत्तर बैठकले खतिवडासँग प्रदीप सुनुवार, खिलानाथ दाहाल र बालकृष्ण दाहाललाई सिफारिस गरेको हो ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ महेशकुमार कोर्मचा, गोमा केसी र बाला अधिकारीलाई सिफारिस गरेको छ । अपाङ्गतर्फ डेकराज भट्टराई, आदिवासी जनजातितर्फ हेमालक्ष्मी राईलाई ओखलढुंगा कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक सिफारिस गरेको छ । गठबन्धनले ओखलढुंगामा एउटा प्रदेश निर्वाचन क्षेत्र पाउने सम्भावना छ ।
प्रदेश सभा ‘क’प्रत्यक्ष तर्फ १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले बताए । गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्रीनाथ दाहाल, टेकराज भट्टराईको नाम सिफारिस भएको छ ।
बेदबहादुर रोका, हरिप्रसाद दाहाल, लीलाबल्लव दाहाल, विनोदकुमार केसी, महेन्द्रबहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगरको पनि प्रदेश ‘क’बाट प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस भएको पार्टी सभापति खनालले बताए । प्रदेश ‘क’ समानुपातिक तर्फ १२ जनाको नाम सिफारिस गरिएको सभापति खनालले जानकारी दिए ।
प्रदेश सभा ‘ख’को प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १२ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । प्रत्यक्षतर्फ कुमार लुइँटेल, रुद्रप्रसाद अधिकारी, अजय लुइँटेल, भोजकुमार श्रेष्ठ, पुरुषोत्तम लुइँटेल, राजनकुमार सुवेदी र शान्तिराज खड्का सिफारिस भएका छन् ।
आन्तरिक पार्टीमा टिकट ल्याउने प्रक्रियामा कुनै असन्तुष्टि नराखी जो कोहीले टिकट लिएपनि आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर विपक्षी दलसँग चुनाबी प्रतिस्पर्धा गर्न सबै एकजुट हुन नेपाली कांग्रेस ओखलढुङ्गाले आग्रह गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया