असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय जनमोर्चाको बागलुङबाट चित्रबहादुर केसी, प्युठानबाट दुर्गा पौडेल उम्मेदवार तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय जनमोर्चाले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ बागलुङ र प्युठानमा उम्मेदवार तय गरेको छ । बागलुङ क्षेत्र नं १ बाट अध्यक्ष चित्रबहादुर केसी र प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्नुहुने भएको छ ।

शनिबार (भदौ १८ गते) बसेको राष्ट्रिय जनमोर्चा संसदीय बोर्डको बैठकले दुई जिल्लाका उम्मेदवार सार्वजनिक गरेको हो । प्रतिनिधि सभा र प्रदेश सभातर्फका बाँकी उम्मेदवारहरु समेत तय भइसेको र क्रमसः सार्वजनिक गरिने अध्यक्ष केसीले प्रेशित गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

पाँचदलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठानमा गरी कम्तिमा दुई क्षेत्रलाई आफ्नो बटम लाइन बनाउँदै आएको छ । त्यस्तै, प्रदेश सभातर्फ राजमोले बागलुङ, अर्घाखाँची, दाङ, गुल्मी, डोटी, कर्णालीको एक क्षेत्र र काठमाडौंमा गरी सात क्षेत्रमा दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया