असार २८, २०८२ शनिबार July 12, 2025

गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेकाे खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २बाट नेकपा एमालेका बलिया नेताकाे रुपमा विष्णु पाैडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाँण रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया