काठमाडौंः नेपाली कांग्रेसले युवा नेता सुरेन्द्र श्रेष्ठ काठमाडौं क्षेत्र नं. ७ ‘ख’ प्रदेश सभातर्फ उम्मेदवारको सिफारिसमा परेका छन् । क्षेत्रीय कार्यसमितिले नेता श्रेष्ठलाई ‘ख’ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरेको हो ।
काठमाण्डौंको ईचँगुनारायणमा विसं २०३४ शालमा जन्मिएर सक्रिय राजनीति गर्दै आएका श्रेष्ठ समाजसेवी पनि हुन् । उनले कांग्रेसको मात्रै राजनीति गर्दैनन् । गाउँ, टोल, समाजमा हुने सबै कार्यमा श्रेष्ठ पुग्ने गरेका छन् । पार्टीका नेता कार्यकर्ता हुन् वा समाजमा समस्यामा परेका व्यक्तिलाई श्रेष्ठले संरक्षण गर्दै आएका छन् ।
नेता श्रेष्ठ ईचँगुनारायण हाल नागार्जुन नगरपालिका वा आसपासमा मात्र नभई सिंगो सात नम्बर क्षेत्रमा लोकप्रिय मानिन्छन् । मतदाताहरूले पनि श्रेष्ठलाई रुचाउँछन् । उनको राजनीतिक जग राम्रो मानिन्छ । कुनै पनि कार्यक्रममा सहभागी हुँदा कांग्रेसका नेता श्रेष्ठको उपस्थितिले कम्युनिस्टहरू तर्सिने गर्छन् ।
नेविसंघबाट २०४८ शालदेखी नै कांग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठले विसं २०५२ सालदेखी काठमाण्डौं क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनितीक नेतृत्व शुरुवात गरेका थिए । अखिलको गढ मानिएको क्षेत्रमा समेत संघर्ष गरेर नेविसंघको स्थापना गरेको अनुभव सुनाउछन् । २०५६ शालदेखी नेपाल तरुण दलको काठमाण्डौं जिल्ला सदस्य निरन्तर रहेका उनी काँग्रेस विभाजन हुँदा २०५८ शालमा काठमाण्डौं क्षेत्र नम्बर ७ को क्षेत्रीय सचिव, संयोजक समेत रहेर तत्कालिन काँग्रेस प्रजातान्त्रिकको बिउ जोगाएका थिए ।
नेता श्रेष्ठले भने, ‘कांग्रेसलाई जिताउनुपर्छ । हामी सबैको प्रयासले कांग्रेसले जित्नेछ । मलाई प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गर्ने क्षेत्रीय कार्यसमितिलाई धन्यावाद‘ दिन चाहान्छु ।
श्रेष्ठ काठमाण्डौं कांग्रेसका निकै सम्भावना बोकेका युवा नेतामा पर्छन् । उनी पटक पटक जेल जीवन समेत विताएका अनुभवी युवा नेतामा गनिन्छन् । २०४६ शालदेखी नै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएका उनी ०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रहरीसँगको भिडन्तमा कानको जाली फुट्नुको साथै हात भाँच्चिएको थियो । पार्टीको हरेक मोर्चा र आन्दोलनमा निरन्तर लागी परेका उनी लगातार दुईसातासम्म कालिमाटी प्रहरी बृतमा प्रहरी हिरासतमा रहेका थिए ।
युवा नेता श्रेष्ठ नदी नियन्त्रण उपभोक्ता समितिको अध्यक्ष देखी ईचँगुनारायण मन्दिर संरक्षण समितिको सहसचिव हुँदै ईचँगुनारायण खानेपानी मुल संरक्षण समितिमा पनि संलग्न छन् । स्वर्गीय पिता गोपाल बहादुर श्रेष्ठले बसाएको जगलाई पिल्लर हाल्न कसिएका उनी सम्भावना बोकेका उदाँउदो युवा नेतामा गनिन्छन् । स्नातक सम्मको अध्ययन पुरा गरेका श्रेष्ठ पार्टीको प्रशिक्षणदेखी भेला गोष्टी सबैमा पुग्ने गर्छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया