असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा मनोनयन गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया