काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।
बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
जसअनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेको उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया