असार २८, २०८२ शनिबार July 12, 2025

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताउनुभएको छ ।

आज काठमाडौँको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै उहाँले मुलुकको विकासका सपना पूरा गर्न नाराले मात्र नभएर काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो ।

नेता सिंहले नारालाई काममा रूपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताउँदै राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौँमा क्षेत्र नं १ ले देखाएको जिकिर गर्नुभयो । उहाँले सामुदायिक काम पारदर्शी रूपले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता सिंह र बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले उपलब्ध गराउनुभएको  सांसद विकास कोषअन्तर्गतको रकमबाट उक्त सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया