असार ३२, २०८२ बुधबार July 16, 2025

साफ महिला च्याम्पियनसिप : श्रीलङ्कालाई ६-० को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा समूह ‘बी’ को नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

नेपाललाई सेमिफाइनलमा पुर्याउनका लागि अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गर्न सफल भए ।

रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा रश्मीकुमारी घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भएकी थिइन् । हिरा कुमारी भुजेलको क्रसमा उनले हेडिङमार्फत गोल गरेकी थिइन् ।

खेलको केही मिनेटमै सरु लिम्बुले पनि हेडिङमार्फत गोल गर्न सफल भइन् । अमृता जैशीले १७ औं मिनेटमा हेडिङमार्फत नै गोल गरिन् । यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले फेरि गोल गरिन् ।

खेलको दोस्रो हाफको खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । साथै, अमिसाले खेलको इन्जुरी समयमा पुनः दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया