काठमाडौंः युरोपियन च्याम्पियन्स लिग अन्तर्गत हिजो रातिबाट समुहका चरणका दोस्रो खेलहरु शुरु भएका छन्। हिजो राति ७ वटा खेलहरु भए। आज राति ९ वटा खेलहरु हुनेछन्।
जसमा सबैभन्दा रोमाञ्चक खेल डिफेन्डिङ् च्याम्पियन्स स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब अरबी लेइपजिग बिचमा हुनेछ। यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ।
त्यसैगरी आजको अर्काे महत्वपूर्ण खेल इंग्लिस क्लब म्यान्चेस्टर सिटी र जर्मन क्लब बोर्सिया डर्टमुन्ट बिच हुनेछ। यो सिजन मात्रै डर्टमुन्टबाट सिटीमा आएका नर्वेजियन भेट्रान स्टाइकर इर्लिङ् हल्याण्ड को आफ्नो पुरानो क्लब विरुद्धको पहिलो खेल हुनेछ। यो खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सिटीको घरेलु मैदान इतिहाट स्टुडियममा हुनेछ।
अर्का महत्वपूर्ण खेल राति १२ः४५ बजेबाट नै फ्रेन्च क्लब पिएसजि र इजरायलि क्लब माकेबी हाइफाले बिच हुँदैछ। यो खेल माकेबी हाइफालेको घरेलु मैदान स्यामि ओफेर स्टुडियममा हुँदैछ।
त्यसैगरी आज हुने अन्य खेल र समयलाई तल दिइएको छ।
खेल समय
१.शाख्तर भर्सेस सेल्टिक राति १०ः ३० बजे
२.एसी मिलान भर्सेस डाइनामो जाग्रेब राति १०ः३० बजे
३.रेन्जर्स भर्सेस नापोलि राति १२ः४५ बजे
४.चेल्सी भर्सेस रेडबुल साल्जवर्ग राति १२ः४५ बजे
५.रियल मड्रिड भर्सेस आरबी लेइपजिग राति १२ः४५ बजे
६.कोपेनहेगन भर्सेस सेभिल्ला राति १२ः४५ बजे
७.युभेन्टस भर्सेस बेनफिका राति १२ः४५ बजे
८.म्यान्चेस्टर सिटी भर्सेस डर्टमुन्ड राति १२ः४५ बजे
९.पिएसजि भर्सेस माकेबी हाइफा राति १२ः४५ बजे
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया