असार ३२, २०८२ बुधबार July 16, 2025

रियल मड्रिडको लगातार दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।

जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे ।  खेलको ८०औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे ।

समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले ।

जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा  रहदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया