असार ३२, २०८२ बुधबार July 16, 2025

पूर्वक्लबविरुद्ध हल्यान्डको गोल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वक्लबविरुद्ध एर्लिन हल्यान्डले गोल गरेपछि म्यानचेस्टर सिटीले  युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।

जर्मन प्रतिद्वन्द्वी डर्टमन्डविरुद्ध हल्यान्डसँगै जोन स्टोनेसले एक गोल गरेपछि सिटी २-१ ले विजयी भएको हो । यसअघि डर्टमन्टका जड बेलिङघम गोल गर्दै अग्रता बनाएका थिए ।

लगातार दोस्रो जितसँगै सिटी समूह ‘जी’को शीर्ष स्थानमा छ । दुई खेलबाट डर्टमन्डको तीन अंक छ । अर्को खेलमा सेभिया र कोभेन्हाम्ले गोलरहित बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया