असार २९, २०८२ आइतबार July 13, 2025

जसपाका ५४ जना नेता कार्यकर्ताद्धारा सामुहिक रुपमा पार्टी परित्यागको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) का २ जना केन्द्रीय परिषद सदस्य र लेखा समिति सदस्यसहित ५४ जना नेता कार्यकर्ताले सामुहिक रुपमा पार्टी छोडेका छन् ।

पार्टी छोड्नहरुमा परिषद सदस्य मलिसा याक्थुङबा र तिलबिक्रम चेम्जोङ, केन्द्रीय लेखा समिति सदस्य डि.एम.आङदेम्बे लगायत छन् । उहाँहरुले सामुहिक रुपमा प्रेस विज्ञिप्त जारी गर्दै पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबी भएको, संगठन निर्माणमा उदासिनता देखाएको र संगठनलाई बिसर्जनको बाटोतर्फ लगेको आरोप लगाइएको छ । पार्टी परित्याग गर्नेहरुको सूचीमा पार्टीका केन्द्रीय परिषद समिति, प्रदेश समिति, लिम्बुवान राज्य समिति सदस्य, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता छन् ।

नेपाली राजनीतिमा देखिएको बिकृति, बिसङ्गति, पहिचान बिरोधी हर्कत र असमाबेसी चरित्रका बिरुद्ध आफुहरु अग्रमोर्चामा लडे पनि नेतृत्वको स्वेच्छाचारिताका कारण पार्टी छाडेको उहाँहरुको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार