काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक सुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय असोज २ र ३ गते तय गरेकाले जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामावली विषयमा छलफलपछि बैठकले निर्णय गर्ने उपप्रमुख रिजालले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया