असार २९, २०८२ आइतबार July 13, 2025

संविधानप्रति जनताको भरोसा विस्तारै खण्डित हुँदैछ: सहमहामन्त्री आङ्देम्बे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले आवश्यकताको आधारमा संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउनुपर्ने बताएका छन् ।

आठौँ संविधान दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतृत्वहरूले संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउने भद्र सहमति संविधान जारी गर्ने बेलामा जनताका अगाडि गरेको स्मरण पनि गरे ।

तर, आवश्यकता र औचित्य हुँदा पनि संशोधन गर्न राजनीतिक दलका नेतृत्वहरू तयार नहुँदा विस्तारै संविधानप्रति जनताको भरोसा खण्डित हुँदै गएको अनुभूति भइरहेको भन्दै चिन्ता प्रकट गरे ।

‘संविधानमा ३१ वटा मौलिक हक छन् । मौलिक हकहरूलाई कार्यान्वयन गर्न सकिएको छैन । जबकि, संविधान जारी भएको सात वर्ष पूरा भएर आठ वर्षमा लागेको छ’, उनले न्युज कारखानासँग भने, ‘ती मौलिक हकलाई कार्यान्वयन गर्न १६÷१७ वटा ऐन ल्याइए पनि मूर्त लिन सकेको छैन । परिणामतः जनताले भरोसा गर्दागर्दै संविधानप्रति विस्तारै भरोसा खण्डित हुँदै गएको अनुभूति भइरहेको छ ।’

उनले संविधानलाई सर्वसम्मत बनाएर नेपालीहरूको मौलिक कानुनी दस्तावेज बनाउनु अनिवार्य रहेको उल्लेख गरे । सङ्घमा संविधानअनुसार प्रशासन सञ्चालनसम्बन्धी ऐन बन्न नसकेकोप्रति आङ्देम्बेको असन्तुष्टि छ ।

संविधान जारी भएको सातौं वर्ष बित्दासम्म सङ्घमै प्रशासनिक सञ्चालनसम्बन्धी ऐन नबन्दा त्यसअनुसार प्रदेश र स्थानीय तहमा पनि प्रशासनिकतर्फबाट गरिने काम सशक्त नभएको बताए ।  उनी दोस्रो संविधानसभाका सदस्य हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार