असार २९, २०८२ आइतबार July 13, 2025

सरकारले अध्यादेश ल्याउन लागेको छैन : कानुनमन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउन लागेको हल्ला निराधार रहेको भन्दै खण्डन गरेका छन् ।

काठमाडौंमा मंगलबार एड्भोकेसी फोरमले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संक्रमणकालीन न्यायसम्बन्धी कानुनअघि बढाउन सरकारले अध्यादेश ल्याउन लागेको निराधार हल्लालाई विश्वास नगर्न आग्रह गरेका हुन् ।

दलहरुबीच सहमति जुट्न नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका उनले तर, कानुन निर्माणमा ढिलाइ भएकै आधारमा कोही निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सबै पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले द्वन्द्वपीडितको वर्गीकरण गरिएको बताए । उनका अनुसार विभिन्न मापदण्डका आधारमा पीडितको वर्गीकरण गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार