असार २९, २०८२ आइतबार July 13, 2025

गण्डकीका १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी ४ मंसिरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् ।

१८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ । हालसम्म टुंगिएको सीटमध्ये प्रतिनिधिसभा तर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेद्वार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङजा र तनहुँमा कांग्रेसका मात्रै उम्मेद्वार हुनेछन् ।

गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन । कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दावी छोडेका छैनन् । स्राेतका अनुसार गोरखा १ मा माओवादीले नै पाउने पक्काजस्तै छ । कास्की ३ माओवादी र नवलपुर २ एकीकृत समाजवादीले पाउन सक्ने बताइएको छ ।

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ । नवलपुर १ बाट डा. शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर), तनहुँ १ बाट रामचन्द्र पौडेल उठ्ने लगभग निश्चितप्रायः छ । तनहुँ २ मा शंकर भण्डारी र प्रदीप पौडेलमध्ये १ ले टिकट पाउने बुझिएको छ । स्याङजा १ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङजा २ बाट भागवत प्रकाश मल्लले नै टिकट पाउने सम्भावना छ ।

कास्की १ बाट पुर्व मन्त्री यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसीसहितका नेताहरू रेसमा छन् । लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा २ मा समाजवादी पार्टीका नेता डा. बाबूराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ । यस्तै, कास्की २ मा एकीकृत समाजवादीबाट तुलबहादुर गुरुङको सम्भावना बढी छ । उम्मेद्वार आकांक्षीहरु धेरै भएकोले टिकट वितरणमा योगदानलाई हेरेर वितरण हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार