असार २२, २०८२ आइतबार July 6, 2025

अख्तियारले गर्यो एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दर्ता, दुई अर्ब ७९ करोडभन्दा बढी बिगो दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धित मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

दायर गरिएका मुद्दामध्ये सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३५ वटा, गैरकानुनी लाभ हानिसँग सम्बन्धित ३४ वटा, घुससँग सम्बन्धित ३२ वटा, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ७ वटा, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ६ वटा, राजस्व चुहावट सम्बन्धित ५ वटा र विविध विषयसँग सम्बन्धित १२ वटा रहेका छन् ।

अख्तियारका अनुसार १३१ वटा भ्रष्टाचार मुद्दा दायर गर्दा ६३९ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीसँग कुल २ अर्ब ७९ करोड २७ लाख ४८ हजार १०० रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अख्तियारले ११३ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा ४४३ जनालाई प्रतिबादी बनाइएको थियो । उनीहरुसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगले घुस सम्बन्धी ३२ वटा मुद्दा दायर गरेको छ जुन संख्या अघिल्लो आर्थिक वर्षकोभन्दा केही कम हो । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ७० रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार