वैशाख १२, २०८१ बुधबार April 24, 2024

गैरसरकारी संस्थालाई पारदर्शी बनाउने प्रधानमन्त्री देउवाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ ।

४३ औँ सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषद्ले आज काठमाडौँमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले कतिपय सामाजिक संघ संस्थाहरू शहर केन्द्रित हुनु, संस्थाको सञ्चालन र परिचालन विधि तथा कानून भन्दा पनि आफूखुसी गरेको पाइनु र संस्थाका पदाधिकारी बीच विवाद हुनुजस्ता समस्या आउने गरेकाले त्यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

समाज कल्याण परिषद्लाई सामाजिक संघ संस्थाको थप प्रभावकारी रुपमा  अनुगमन र मूल्याङ्कन गर्न आग्रह गर्नुहुँदै प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थालाई वैज्ञानिक र जनमुखी बनाउन पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सरकारी तथा गैरसरकारी संस्थाको परिचालनलाई परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता हेरी प्राथमिकताका क्षेत्रमा सामाजिक संघ संस्थालाई समेत संलग्न गराई नीति तथा कार्यक्रम तयार गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले नेपालमा सञ्चालित विभिन्न सामाजिक संस्थाहरूको अनुगमन र मूल्यांकनसहित सूक्ष्म अध्ययन गरिरहेका जानकारी दिनुभयो ।

मन्त्री रेग्मीले समाज विकासमा टेवा दिने उद्देश्यले स्थापना भएका सामाजिक संघ संस्थालाई सरकारले प्रभावकारी बनाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले सामाजिक कार्य गर्न भनेर सञ्चालन अनुमति लिएका सरकारी तथा गैरसरकारी संस्थाले उद्देश्य अनुरुप काम गरे नगरेको वैज्ञानिक रुपमा अनुगमन हुँदै आएको स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले समाज कल्याण परिषद्को सम्पूर्ण सेवा अनलाइन प्रविधिबाट दिने उद्देश्यले तयार गरिएको डिजिटल पोर्टलको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा समाज कल्याण परिषद्मा २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा जिप र मोटरसाइकल ठोकिँदा ३ जनाको मृत्यु
२०८१ वैशाख १२, बुधबार
भेरी अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट
२०८१ वैशाख १२, बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
२०८१ वैशाख १२, बुधबार
कर्णालीमा आजै मन्त्रीपरिषद बिस्तार – भोली नै विश्वासको मत लिने तयारी
२०८१ वैशाख १२, बुधबार
देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री
२०८१ वैशाख १२, बुधबार
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
२०८१ वैशाख १२, बुधबार
कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै
२०८१ वैशाख १२, बुधबार