असार २९, २०८२ आइतबार July 13, 2025

देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए: नेता केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।

थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले उनले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरे । उनले को कार्यक्रममा समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी पनि दिए ।  समाुनपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले  सच्याउनु पर्ने बताए ।

उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे। प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए ।

उनले सभापति शेरबहादुर देउवाले महाधिबेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरित देखिएको तर्क गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार