असार २७, २०८२ शुक्रबार July 11, 2025

भारतीय प्रधानमन्त्री मोदी र जापानी समकक्षी किसिदाबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ ।

दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो ।

आबेको अन्तेष्टिमा सहभागी हुन विश्वका नेता र विशिष्ट व्यक्ति टोकियो पुगेका थिए । सर्वसाधारणको चौतर्फी विरोधबीच आबेको राजकीय अन्तेष्टि सम्पन्न भएको छ ।

आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानेर हत्या भएको थियो । उनी ७६ वर्षका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया