श्रावण ५, २०८३ मंगलबार July 21, 2026

भ्रमण वर्ष २०२० सचिवालय तत्काल खारेज नगरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० सचिवालय केही समय खारेज नगर्ने भएको छ। केही समयको लागि सचिवालयले केही औपचारिक कार्यक्रम नगरे पनि तत्काल स्थगन नहुने भएको हो।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर सरकारले भ्रमणवर्षका कार्यक्रम स्थगन गरेको हो। गत हप्ता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले तत्काललाई भ्रमणवर्ष २०२० स्थगन गर्न सुझाव दिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्नको लागि स्थापना गरिएको सचिवालय स्थापना गरेको थियो। भ्रमण वर्ष २०२० स्थगन हुँदा सचिवालय के हुने भन्ने प्रश्न उठेको छ। तर मन्त्रालयले तत्काल सचिवालय स्थगन गर्ने तयारी नभएको बताएको छ।

‘मन्त्रिपरिषदले भ्रमण वर्ष स्थगन गर्ने औपचारिक घोषणा गरेको मलाई जानकारी छैन’, मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले भने, ‘उपप्रधानमन्त्रीको नेतृत्वले औपचारिक कार्यक्रम नगर्नु भनेको छ।’

सचिव अधिकारीले भ्रमण वर्ष सचिवालयलाई औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएको बताएका छन।

‘औपचारिक कार्यक्रम नभए पनि सचिवालय तत्काल खारेज हुँदैन। सानो टिमले काम गरिरहन्छ’, उनले भने।

भ्रमण वर्ष सचिवालयले मन्त्रालयबाट कुनै निर्देशन नआएकाले सचिवालयभित्रको काम गरिरहेको बताएको छ।

सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले पनि मन्त्रालयको यसबारे सर्कुलर नआएको जानकारी दिएका छन।
सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो। भ्रमणवर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ कात्तिक १६ गते उद्योगी सुरज वैद्यलाई ३ वर्षको लागि कार्यक्रम संयोजकमा नियुक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार