असार २९, २०८२ आइतबार July 13, 2025

बाढी, पहिरो र डुबानमा परेकालाई उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक विदुर खड्कालाई टेलिफोन गर्दै सरकारको मुख्य दायित्व नागरिकको जिउ धनको रक्षा गर्नु रहेको जनाउँदै विपद्मा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई हेलिकोप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेको र मौसमका कारण घटनास्थलसम्म पुग्न नसकेको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।

त्यस्तै मुलुकभर निरन्तरको वर्षपछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई गृहमन्त्री खाणले निर्देशन दिनुभएको छ । सप्रजिअ पुनका अनुसार लमहीमा डुबानमा परेका सात जनाको उद्धार भइसकेको छ ।

अहिलेसम्म लमही नगरपालिकामा सात घर, राजपुर गाउँपालिकामा २११ घर, गढवा गाउँपालिकामा ५८५ घर, राप्ती गाउँपालिकामा २५० घर डुबानमा परेका छन् । हालसम्म मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै कालाकाटे, धानखोला र मुसोट खोलामा सडक अवरुद्धसमेत जानकारी दिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार