असार ३०, २०८२ सोमबार July 14, 2025

गृहमन्त्री खाणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरीएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाणले उम्मेदावरी दर्ता गराएका हुन् ।

समर्थकहरुसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

खाँणको प्रतिष्पर्धाको रुपमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा सहितको उम्मेदवार छन । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन भने उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा रहेकी छन् ।

यस्तै प्रदेशसभा तर्फ ३ क मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सन्तोष पाण्डे र प्रदेशसभा तर्फ ३ ख बाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् । कांग्रेससहितको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत सामाजबादी, लोसपा र जनमोर्चा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार