असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना भाइरसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन्।
फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ।

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो। फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो। एन्फाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनको लागि ठूल ठूला घरेलु प्रतियोगिता एवं अन्तर्राष्ट्रिय प्रतियोगिता पनि रोकेको छ।

फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणसमेत रोकेको थियो। घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो।

त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो। त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ। सातदोबाटोमा ओलम्पिक छनोटको बन्द प्रशिक्षणको करातेको टोली भने नियमित अभ्यासमा रहेको करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठले बताएका छन।

कोरोनाका कारण खेलाडीमा मनोवैज्ञानिक असर परेता पनि प्रशिक्षणमा धेरै भिडभाड नहुने भएकाले प्रशिक्षण यथावत राखेको प्रक्षिशक श्रेष्ठको भनाइ थियो। ‘अहिले करातेका कुनै प्रतियोगिता नरहेको कारण अभ्यासमा धेरै मानिसको हुलमुल नहुने भएकाले नियमित अभ्यास जारी नै राखेका छौँ’, प्रशिक्षक श्रेष्ठ भन्छन्।

भलिबलमा भने यसअघि नै बंगलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस (एभीसी) भलिबल च्याम्पियनसिप रोकिएको छ। बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन्।

कोरोना भाइरसकै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) तत्कालका लागि रोकिएको छ। आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने, ‘कोरोनाको त्रासले अहिले इपीएल रोकेका छौँ। स्थिति नियन्त्रण भएपछि नयाँ मिति सार्वजनिक गर्नेछौँ।’

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले तत्कालको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका नभएकाले क्रिकेट क्षेत्रमा कोरोना भाइरसको खासै असर नपरेको बताएका छन। उनले इपीएलबाहेक क्रिकेट क्षेत्रमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता तत्काललाई नभएकाले कोरोना भाइरसले खासै असर नगरेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार