असार ३०, २०८२ सोमबार July 14, 2025

छात्रवृत्तिका लागि अद्यावधिक गर्न सबै विद्यालय तथा स्थानीय तहलाई केन्द्रको निर्देशन (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति रकम उपलब्ध गराउनका लागि एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । केन्द्रले तोकेको मापदण्ड पुरा गरेका विद्यार्थीहरुका लागि छात्रवृत्ति रकम उपलब्ध गराउन सबै स्थानीय तहहरुलाई अद्यावधिक गर्न निर्देशन दिएको हो ।

सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण गत ससार २७ गते प्रकाशन गरिएको जानकारी गराउँदैं मापदण्ड पुरा गरेका विद्यार्थीको अद्यावधिक गर्न भनिएको छ ।

केन्द्रले शैक्षिक सत्र २०७८ मा कक्षा १० मा फारम भरेका र शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा अध्ययनरत रही सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेका विद्यार्थीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा बैंक खाता विवरण कार्तिक ४ गतेभित्र अद्यावधिक गरेको हुनुपर्ने जनाएको छ ।

त्यसैगरी कक्षा ११ र १२ मा ५–५ क्रेडिट आवरको जीव विज्ञान, रसायन विज्ञान र भौतिक विज्ञान विषय लिइ अध्ययन गर्ने तथा विद्यालय तहको प्राविधिक धारमा अध्ययनरत छात्रछात्राहरुमध्ये छात्राहरुको हकमा तेस्रो क्वाइन्टाइल सम्ममा पर्ने र छात्रहरुको हकमा दोस्रो क्वाइन्टाइल सम्ममा पर्ने छात्रवृत्ति प्राप्त गर्दै आएका छन् भने अन्य विषयको कक्षा ११ को हकमा प्रथम क्वाइन्टाइको विद्यार्थीहरु मात्र छात्रवृत्ति प्राप्त गर्न योग्य हुने सूचनामा उल्लेख गरको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार