असार २८, २०८२ शनिबार July 12, 2025

रुसी सेनाको सैन्य तालिम केन्द्रमा आक्रमण, ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : बन्दुकधारीको आक्रमणमा ११ जना रूसी सेनाको निधन भएको छ । रूसको सैन्य तालिम केन्द्रमा तालिम चलिरहेको समयमा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।

युक्रेनसँगको सीमाक्षेत्र बेलगोरोडको सैन्य तालिम केन्द्रमा भएको उक्त आक्रमणमा १५ जना घाइते भएका समाचारमा जनाइएको छ । आक्रमणकारी पूर्व सोभियत संघका भएका रूसी रक्षा मन्त्रालयले जनाएको छ । तर, ती आक्रमणकारी बारे थप जानकारी नदिएको समाचारमा उल्लेख छ ।

गत महिना मात्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आधारभूत सैन्य तालिम लिएका तीन लाख व्यक्तिलाई परिचालन गर्ने आदेश दिएका थिए । उक्त निर्णयको रूसमा विरोध हुनुका साथै धेरै व्यक्तिले देश छाडेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया