असार ३०, २०८२ सोमबार July 14, 2025

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो ।

गत असोज १९ गतेदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज पर्याप्त नआएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामा परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयको स्वीकृति दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्योलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार विपद्को समयमा परीक्षा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको थियो । उहाँका अनुसार चन्दननाथ उच्च माध्यमिक विद्यालयमा ती विद्यार्थीको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको पत्रसमेत पठाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार