काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले गठबन्धन गरेर देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल गरेको बताएका छन् ।
बुधबार झापाको मेचीनगर–१० धुलाबारीस्थित टाउन हलमा संयुक्त निर्वाचन प्रचार-प्रसार समिति, नेकपा एमाले र राप्रपा झापा क्षेत्र नं.१ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले गठबन्धनका नाममा सबै स्वार्थमा लिप्त पार्टीहरू मिलेर पालैपालो देशलाई बर्बादी तर्फ लगेको बताए ।
उनले अब नेपाली जनताले सहि निर्णय लिने समय आएको बताउँदै मंसिर ४ गते सबैले मतदान गर्दा सचेत हुनुपर्ने बताए ।
उनले राप्रपाका कार्यकर्तालाई इमानदारीपूर्वक आफ्नो पार्टी उम्मेदवार भएका ठाउँमा आफ्नो र तालमेल गरेको ठाउँमा तालमेल गरेको पार्टी एमालेलाई मतदान गर्न सुझाए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया