असार ३०, २०८२ सोमबार July 14, 2025

राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्र : महासचिव पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले राजनीतिक स्थायित्वले मात्रै देशमा समृद्धि आउने भन्दै राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताउनुभएको छ ।

नेकपा एमाले घोराही १२ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले संसदमा बहुमत ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताउनु भएको हो ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका महासचिव पोखरेलले सत्ता गठबन्धनले सिट बाँडफाँड गरेर निर्वाचनमा गएको भन्दै संसदमा स्थायी सरकार ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने र देशलाई समृद्ध बनाउने भन्ने कुरा सम्भव नै नभएको बताउनुभयो ।

मिलीजुली, गठबन्धन सरकार बनाउँदा देशको विकासको अवस्था र राजनीतिक अवस्था कस्तो हुन्छ भन्ने अहिलेको सरकार र कामले देखाइरहेको भन्दै एमालेले प्रतिनिधिसभाका लगभग सबै सिटमा उम्मेदवार उठाएकाले एकल बहुमतको स्थायी सरकार बनाउने पूर्ण आधार खडा गरेको बताउनुभयो ।

मिलीजुली सरकार हुँदा राष्ट्र, राष्ट्रियताको रक्षा, विकास र समृद्धि कति प्राथमिकतामा पर्ने रहेछ भन्ने देखिरहनु भएकै छ महासचिव पोख्रेलले भन्नुभयो– राष्ट्र हित र विकासका लागि हो भने एमाले एकल बहुमतको सरकार बनाएर देश समृद्ध बनाउन चाहन्छ । त्यसको आधार हामीले देशभर एमालेकै उम्मेदवार उठाएर तयार गरिसकेका छौँ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार