असार ३०, २०८२ सोमबार July 14, 2025

जीवनभर जनताकै पक्षमा काम गर्छु : शिक्षामन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशययुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरूको घरमा केन्द्रीय प्रसारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताउनुभयो । उहाँले पोखराबाट सिधै ताराखोलामा पर्यटक आउने बताउँदै होम स्टे, शहीद मार्गलगायतका काम चाडै हुने बताउनुभयो ।

विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जवाफ दिने बताउनुभयो । परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाउनुभएको छ । ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उहाँले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोप लगाउनुभयो ।

“दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायौँ”, उहाँले भन्नुभयो, “एमाले हो कि ? सरकार हो परमादेशको ?”

बागलुङ प्रदेश सभा सदस्य “क”का उम्मेदवार जीतबहादुर शेरचनले भ्रष्टाचारले देश कङ्गाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्ट्राचार न्यूनीकरणमा काम गर्ने बताउनुभयो । मानव विकास सूचकाङ्क वृद्धिले मात्रै देशको विकास हुने बताउनुभयो । आय आर्जन गर्न नसक्ने कृषि कर्मले जनताको जीवनस्तर माथि नउठ्ने भन्दै आफूहरूले योजनाबद्ध रूपले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार