असार ३०, २०८२ सोमबार July 14, 2025

एमाले हुम्लाले गठन गर्‍यो निर्वाचन लक्षित नौ समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले हुम्लाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि जिल्ला तहसम्म नौ वटा समिति गठन गरेको छ । एमालेले चुनावी प्रचार प्रसारका लागि नौ वटा उपसमिति गठन गरेको हो । पार्टीको पाँचौँ विस्तारित बैठकले समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको सिमकोट एमालेले जनाएको छ ।

एमाले बैठकबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा पार्टी अध्यक्ष कलबहादुर हमालको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

एमाले बैठकले प्रदेश सभा क्षेत्रअनुसार १ नम्बरका इन्चार्ज ज्ञानी बुमीको संयोजकत्वमा २०१ र २ नम्बरका इन्चार्ज महेन्द्रबहादुर शाहीको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन क्षेत्र परिचालन कमिटी गरेको छ ।

गाउँपालिकास्तरमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा नाम्खा गाउँपालिकामा तोपछिरिङ लामा, सिमकोटमा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगार्डमा भीमबहादुर शाही, चंखेलीमा टेकबहादुर शाही अदानचुलीमा बुध भण्डारी र ताँजाकोटमा नरदीप थापाको संयोजकत्वमा १०१ सदस्यीय सबै गाउँपालिकामा कमिटी गठन गरिएको छ ।

त्यसैगरी जिल्ला कमिटी सचिव तीर्थराज बोहराको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको छ । बैठकले पार्टी उपसचिव चन्द्रप्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक परिचालन कमिटी, युवा संघका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज उपेन्द्र शाहीको संयोजकत्वमा ३०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरेको छ ।

त्यसैगरी, प्रदेश सभा निर्वाचनका लागि १ नम्बरको सम्पर्क कार्यालय अदानचुली गाउँपालिकाको श्रीनगर २ नम्बरका लागि सिमकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र उपसचिव ढकालको संयोजकत्वमा पाँच सदस्यीय साँस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको सचिव बोहराले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार