असार २३, २०८२ सोमबार July 7, 2025

सर्वसाधारणलाई सहुलियत रूपमा बिजुली दिने काम हाम्रो हो । – उर्जामन्त्री पम्फा भुषाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले सर्वसाधारणलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको थियो, कार्यान्वयन किन हुन सकेन ?

सरकारले यो कार्यक्रमलाई चालू आवको बजेटमै राखेको छ । मन्त्रालयले यसको कार्यान्वयनका लागि मातहतका निकायलाई जिम्मेवारी दिइसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यसको कार्यान्वयन गर्ने हो । हामीले यसबारे केन्द्रलाई घचघच्याइरहेका पनि छौँ । सर्वसाधारणलाई सहुलियत रूपमा बिजुली दिने कामचाहिँ हाम्रो हो ।

यो वर्ष कति प्रतिशतलाई विद्युतीय चुलो वितरण गर्ने  लक्ष्य राखिएको छ ? 

यति नै संख्यालाई भनेर भन्न त सकिन्न । तर, सात–आठ वर्षमा सबैले घरघरमा चुलो बाल्ने गरी वितरण हुन्छ । सरकारी कार्यालयमा यसको प्रयोग बढाउँदै लैजाने योजना बनाएका छौँ । यो वर्ष पनि केन्द्रबाट ठूलो संख्यामा विद्युतीय चुलो वितरण हुनेछ । २०३० सम्म लगभग हामीकहाँ विद्युतीय चुलोमा सबैको पहुँच पुग्नेछ । आफ्नै उत्पादनबाट हामी आत्मनिर्भर हुनेछौँ ।

विद्युत् खेर गइरहेको वेलामा विद्युतीय ऊर्जा प्रयोगलाई मन्त्रालयले किन प्राथमिकतामा राखेको छैन ? 

हामीले यसलाई प्राथमिकतामै राखेका छौँ । हामी विद्युत्मा आत्मनिर्भर छौँ । अझ कति विद्युत् खेर गइरहेको छ । यसलाई पनि प्रयोग गर्न सकियो भने खाना पकाउने ग्यासको आयात कम हुन्छ । यसबाट राज्यलाई नै फाइदा हुन्छ । अर्कातर्फ सर्वसाधारण ग्यासको नाममा महँगीको मारमा पनि पर्दैनन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया