असार २२, २०८२ आइतबार July 6, 2025

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ ।

२ कात्तिकमा कलैयाको बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका वडा नम्बर ८ निवासी २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको हो ।

बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।  पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनागपुर निवासी २० वर्षीय राकेश प्रसाद यादव र बाराकै बारागढी गाउँपालिका ४ बस्ने २४ वर्षीय रामकिशोर हजरा रहेका छन् ।

पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले बिआर ०५ ए एन २३०५, प्र २–०३–००९ प ६८९४ र ना ३५ प १३७२ नम्बरको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार