असार ३०, २०८२ सोमबार July 14, 2025

जगन्नाथ पौडेलसँग असन्तुष्ट बनेको समूहले कांग्रेसका बागी दिनेश कोइरालालाई सर्मथन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहलाई ठूलो झट्का लागेको छ । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ समूहमा फुट आउँदा चितवनमा राजनीतिक खैलाबैला नै मचिएको छ ।

समूहमा फुट आएपछि जगन्नाथ पौडेल र शम्भु अर्यालहरू एकातिर छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल अर्कोतिर उभिएका छन् । यो फुट संघीय निर्वाचनमा पौडेलले उम्मेदवारी दर्ता गराएपछि सिर्जना भएको हो।

स्थानीय तह निर्वाचनमा उठेका अनुहार नै संघीय निर्वाचनमा पनि उठ्दा राम्रो सन्देश नजाने तर यसलाई चेन्ज गरौं भन्दा नमानेपछि आफूहरू त्यहाँ रहन उपयुक्त नभएकोले बाहरिएको खरेलले बताए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार संघीय निर्वाचनमा पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । भरतपुर महानगरको मेयरमा खर्च विवरण नबुझाएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर असोज २३ गते उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेलले अरुलाई नै प्रस्तावक र सर्मथक राखेर उम्मेदवारी दर्ता गराएपछि समूहमा फुट तिर गएको हो । तर ‍पौडेल भने सबै कार्यकर्ता र मतदाताको सहयोगमा उम्मेदवार बनेको बताउछन् । जगन्नाथ पौडेलसँग असन्तुष्ट बनेको समूहले कांग्रेसका बागी दिनेश कोइरालालाई सर्मथन गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार