असार २८, २०८२ शनिबार July 12, 2025

भारतमा आजदेखि मल्लिकार्जुन खड्गेले सुरु गरे कांग्रेसको नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः २४ वर्षपछि भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । बुधबारदेखि कांग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हालेका छन् ।

पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई नेतृत्व हस्तान्तरण गरेकी हुन् । उनले पार्टीको नेतृत्व खड्गेलाई सुम्पन पाउँदा आफूले ठूलो राहतको महसुस गरेको बताएकी छन् ।

हालै सम्पन्न अध्यक्षको निर्वाचनमा खड्गेले अर्का प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गरेका थिए । आजबाट कांग्रेसमा खड्गे राज सुरु भएको छ ।

अध्यक्षको कार्यभार सम्हाल्दै खड्गेले मजदुर परिवारबाट देशकै सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्नु गर्वको विषय भएको बताए । उनले कांग्रेसमाथि निरन्तर रूपमा भइरहेको भ्रमपूर्ण प्रचारको डटेर मुकाविला गर्ने बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया