असार २८, २०८२ शनिबार July 12, 2025

फिलिपिन्समा ६.४ म्याग्निच्युडको भूकम्प – कम्तीमा २६ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फिलिपिन्समा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जाँदा २६ जना घाइते भएका छन् । स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ५९ मिनेट जाँदा उत्तरी फिलिपिन्सको डोलोर्स सहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

प्रहरीका अनुसार राष्ट्रपति फर्डिनान्ड मार्कोसको निवास रहेको प्रान्त इलोकोस नोर्टेमा कम्तीमा २६ जना घाइते भएका छन् । यस्तै भूकम्पको क्षतिका कारण प्रदेश राजधानी लाओगको अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको छ।

यस्तै बुधबार परकम्पहरू जानसक्ने भन्दै विज्ञ तथा सरकारी अधिकारीहरूले सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति फर्डिनान्ड मर्कोसले पनि ट्विट गर्दै परकम्प आउन सक्ने भएकाले नागरिकहरूलाई अग्ला भवन अगाडि नबस्न र सचेत रहन सुझाव दिएका छन् ।

भूकम्पका कारण काग्यान प्रान्तस्थित भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । यहाँका दुई सहरमा विद्युत बन्द हुनुका साथै पुल र सडक भत्किएका छन् । यस्तै अब्रास्थित ला पाज सहरमा सय वर्ष पुरानो चर्च भत्किएको बताइएको छ ।

यसैबीच भूकम्पको केन्द्रबिन्दुभन्दा ६० किलोमिटर दूरीमा पर्ने बाटाक सहरस्थित २०० शय्याको मारियानो मार्कोस मेमोरियल अस्पतालमा भूकम्पको क्षति पुग्दा बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया