असार ३०, २०८२ सोमबार July 14, 2025

महोत्तरीका विद्यार्थी खुला चौरमा पढ्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन् ।

प्रदेश सरकारले उक्त विद्यालयमा गत आर्थिक वर्ष २०७८/७९ मा भौतिक निर्माणका लागि रु ५० लाख पठाएको थियो । जनप्रतिनिधिहरू जिम्मेवार नहुँदा स–साना बालबालिका चर्को घाम, वर्षा र धुलोधुवाँको सामना गर्दै खुला चौरमा पढ्न बाध्य भएका हुन् । उक्त बजेटबाट विद्यालयमा रहेको सरस्वती मन्दिरको पर्खाल, विद्यालयको मुख्यद्वारबाट मन्दिरसम्म पुग्ने एक–दुई फिट चौडाइ भएको ढलान बाटो र करिब एक सय ५० वटा गुणस्तरहीन प्लाइ लगाएर डेस्क–बेञ्च निर्माण गरिएको छ ।

गत असारदेखि कात्तिक महिना लाग्ने बेलासम्म जिल्लामा पानी परेकाले विद्यालयमा निर्माण गरिएको डेस्कबेञ्च कक्षाकोठामै राखी बाहिरबाट ताल्चा लगाइएको छ । कक्षा कोठा छ, कमसलै भए पनि डेस्कबेञ्च पनि छन् तर विद्यार्थी भित्र छिर्न पाएका छैनन् । स–साना बालबालिकालाई खुला चौरमा र चर्को घाममा पढाउँदै गरेकी शिक्षिका कल्याणी चौधरीले विगत चार–पाँच महिनादेखि बालबालिकालाई यस्तै पढाउँदै आएको जानकारी दिइन् । उनले बालबालिका खुला ठाउँमा पढ्नुपर्दा पटक–पटक बिरामी हुने, नियमित नआउने र बर्खामा पानी परेको दिन पठनपाठन ठप्प हुने बताइन् ।

यस विषयमा प्रधानाध्यापक रंजय रायले आफूहरूलाई कति बजेट आयो, कति खर्च भयो भन्नेबारेमा केही थाहा नभएको बताए । साथै उनले प्लाइको डेस्कबेञ्च बर्खाको पानीमा बिग्रिने डरले जनप्रतिनिधिले नै चारवटा कक्षाकोठमा ती डेस्कबेञ्च राखेर ताल्चा लगाइदिएका कारण बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएको बताए । उनले नगर शिक्षा ऐनका कारण विद्यालयसँग कुनै अधिकार नरहेको र जनप्रतिनिधिले आफूखुसी गर्न थालेका कारण दिनानुदिन पठनपाठन तथा विद्यालयको वातावरणमा नकारात्मक प्रभाव परिरहेको बताए ।

नगर शिक्षा संयोजक जयकुमार साहले सो विद्यालयमा कक्षाकोठा हुँदाहुँदै बालबालिका खुला चौरमा पढिरहेको तथा चारवटा कक्षाकोठामा डेस्कबेञ्च राखिएकोबारे आफूलाई थाहा नभएको बताए । उनले यस नगर शिक्षा शाखामा तीन जनाको न्यूनतम दरबन्दीमा आफू एक्लै भएका कारण विद्यालयको अनुगमन निरीक्षणसमेत गर्न नसकिएका कारण विद्यालयमा भएको समस्याबारे आफूलाई थाहा हुन नसकेको बताए । उनले मावि पर्सापतैलीमा रहेको समस्याको तत्कालै अनुगमन निरीक्षण गरेर समाधानतिर लाग्ने प्रतिबद्धता प्रकट गरे ।

त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण झाले उक्त विद्यालयमा भएको कामको आफूहरूलाई केवल रु ३८ लाखको मूल्याङ्कन गरी सोही बराबरको रकम भुक्तानी गरेको बताए । उनले पनि सो विद्यालयमा त्यसरी विद्यार्थीलाई खुला चौरमा र कक्षाकोठमा डेस्कबेञ्च राखिएकोबारे तत्काल पहल गरेर विद्यार्थीको समस्या समाधान गर्ने वचन दिए । नगरप्रमुख सुरेश साह सोनारले आफूकहाँ त्यस विद्यालयको गुनासो आइसकेको र गुनासोप्रति अति संवेदनशील भएको बताउँदै तत्कालै स–साना बालबालिकालाई खुला चौरमा पठनपाठन गर्न बाध्य बनाएका सम्पूर्ण पक्षलाई बोलाएर आवश्यक अनुसन्धान तथा कारबाही गर्ने प्रतिबद्धता जाहेर गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार