असार ३०, २०८२ सोमबार July 14, 2025

सोलुखुम्बुमा मेरो विजयी निर्विरोध जस्तै छ : बलबहादुर केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन् । पूर्वमन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्छन् ।

सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताएका उनले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताए । यसबारे सोलुवासी जानकार रहेका उनको भनाइ छ ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, केसी आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्छन् । एमालेबाट राई उम्मेदवार भए पनि आफू निर्विरोधजस्तै रहेको केसीले बताए ।

हालसम्म सोलुखुम्बुमा एमालेले नजितेको इतिहास रहेको बताउँदै उनले यसपटक पनि गठबन्धनकै उम्मेदवार आफू निर्वाचित हुने दाबी गर्छन् ।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ । उनी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार