काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाका मतदातामाझ आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।
उनले गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित मतदाता भेटघाट कार्यक्रममा आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने उद्घोष गरेका हुन् ।
‘गठबन्धनले पाँच वर्ष सरकार चलाउने निश्चित छ । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो । अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो,’ उनले भने ।
कार्यक्रममा अध्यक्ष प्रचण्डपनि कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा जनतामाझ भट्टराईले अब उनले पदबाट राजीनामासमेत दिने बताए । यद्यपि उनले पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने घोषणा गरे ।
‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु,’ उनले भने ।
डा. भट्टराईले ०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बनाएकामा खुसी पनि व्यक्त गरे ।
उनले आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको दावी गर्दै अझै केही काम गर्न भने बाँकी नै रहेको जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया